बिहाँनको ५ बझ्नै लाग्दा मोबाइलले बिउझाए पछि पो बल्ल याद आयो आज त हाइकिङ जानु छ । हत्त न पत्त हात मुख धोएर केही सामान्य खाँजा लिएर कोठाबाट निस्किए ।
मङ्सिरको महिना, जाडो बिस्तारै सुरु हुने महिना । बिहान त जाडो एकदमै बढिसकेको रहेछ । बल्ल पो याद आयो ती कलेजका दिनहरुको । अनि याद आयो ठुलेको, कसरी उठेर जान्छे होला यस्तो जाडोमा ।
मनभरि कुराहरु खेलाउँदै करिब २० मिनेट लाग्ने बाटोलाई १२ मिनेट मै पार गरे छु । ठिमी चोक पुगे पछि स्याउ लिए, जस्ले मेरो यात्राको भोकाईलाई मेटाई दिओस् ।
एकै छिनको पखाईमा हिजो भएको योजना वमोजिम रत्नपार्कको माईक्रो समाते । माइक्रो चढ्दा घडिले ६ः१५ हानी सकेको थियो । ७ बझे सबै जना रत्नपार्कमा भेट हुने योजना थियो । छुट्छु कि भन्ने मनमा कत्रो डर थियो । धन्न बेलैमा पुग्ने मै मात्र भएछु ।
रत्न्पार्क पुगे पछि भेट भयो अरुण दाईसँग । केही खाजा किनेपछि आयुष सर आईपुग्नु भयो ।
सबै जना रत्नपार्कमा भेट हुने सल्लाहा भए पनि विविध कारणले गर्दा त्यो सम्भव भएन । अरुण दाई, आयुष सर, दिलु, रिना र म मात्रै जम्मा भयौँ ।
अरु साथिहरुसँग बल्खुमा भेट्ने सल्लहा भएपछि हामी ४ जना दक्षिणकालि जाने बस चढेयौँ । आयुष सर भने त्रिप्रेश्वरबाट चढ्नु भयो ।
बल्खु पुगे पछि हामि चढेको बसलाई ट्राफिकले नियन्त्रणमा लियो । बस जाला भन्ने सोचमा अलिक समय त्यही रोकियौँ । केही सिप नलागे पछि हामि बसबाट ओर्लियौ । अब तनाब थियो केमा जाने । यत्तिकैमा एउटा भ्यान चढ्ने मौका मिल्यो । अनि सुरु भयो रमाईलो हामी ५ जनाको । हौसियौँ गित गाउन अनि सेल्फी लिन ।
केही समय पछि टौ दहहुँदै खहरे भन्ने ठाउँमा पुगेउ र ओर्लियौ । त्यहिबाट सुरु हुने थियो हाम्रो यात्रा । केही साथिहरुको पखाईमा बस्नु पर्यो । साथिहरु न आउञ्जेल सम्म खाजा खाने योजना बन्यो । धेरै समयको पर्खाईपछी सबै जना साथिहरु भेला भयौ । र लागेउ हाम्रो यात्रा तर्फ ।
१३ जनाको टिम । यात्राभरि रमाईलोको सिमा नै थिएन । उकालो भए पनि सबै जनाको मुखमा गुन्जिएको गित, हाँसो त्यो दिनको यात्रा आज पनि यादमै छ ।
सबै सङ भएको खाने कुरा बाँडेर खादा त झन त्यो वालापनको दिनलाई याद दिलाएको थियो । नविन सरको पुलाउ, सिता मिसको बदाम्, दिपेश सरको खोटाङको मकै भटमास अनि भूमिका मिसले ल्याएको त्यो अचारको स्वाद ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) प्रदेश ३ ले आयोजना गरेको त्यो चम्पादेवी हाइकिङ । टौदहबाट सुरु भएको यात्रा चम्पादेवी हुँदै करिब ९ घण्टामा सकिएको थियो होला ।
Friday, December 20, 2019
Tuesday, November 26, 2019
आमासङ्ग बोलिने मीठो झुट ,सहरिया जीवन
माफ गर्नुहोला जीवन होइन, सहरिया बसाइ,
डेराको निवास, घरभेटिको किचकिच ।
निर्जला खड्का .
गोजिमा महङ्गो अभाव । महिना मर्न समय लाग्दैन । महिना पनि मर्छ र नभन्नुहोला । भाडा तिर्ने समयले कति छिटो ढोकामा आएर ढकढक्याउछ । एकैपटक भाडा तिर्ने समय आउँछ ,समय सिधिन्छ । त्यसै बेला चामलको बोरा रित्तिन्छ।अभावलाई साथ दिन उहीँ बेला, गोजिमा एक मुठा साग किन्ने कौडी सम्म हुदैन ।
बिहान कलेज त दिउँसो प्राइभेट जागिर, साहुको किचकिछ, गरिब बाहुको छोरी म जागिर गरेर ल्याएको २।४ पैसा भाडा तिर्नै ठिक्क हुन्छ। कठै म जागिरबाट पैसा ल्याउला अनि यता तिरुला उता तिरुला भन्छु तर बिडम्बना समयमा पैसा आउदैन। यस्तै छ समस्या जागिर गरौं त पढ्न पाउदिन, जागिर नगरौं त कोठाभाडा तिर्ने पैसा हुदैन, प्राइभेट जागिर न त समयमा बिदा हुन्छ न त त्यो जागिरबाट मेरो भविष्य सफल हुन्छ।
कयौं रात भोकै काटियो। गजबका अनुभुती गर्न पाइयो। गरिबी र अभावको स्वाद मज्जाले चाखियो। वाह, कति मीठो स्वाद तितेकरेली जस्तै । तरकारी किन्ने पैसा नहुदा कैयौं रात खिचडी खाइयो। त्यस्तो खिचडी जुन चामलमा बेसार, नुन गेडा दुई वटा गेडा आलु , राखेर कुक्करमा सिट्ठी लगाएर तयार पारिन्छ । सिट्ठीको चिच्याहट सुन्छु, अभाबको रोदन गुन्जिन्छ, अभावले सिट्ठिको माध्यमबाट आफ्नो बेदना पाक्दछ ।
हो गरिबी र अभावको धनी छु म, जुनदिन घरमा माछामासु पाक्दछ, आमाले आफ्ना सन्तानलाइ सम्झिन्छिन र मलाई पनि। आमाले एक टुक्रा मासु खानुपुर्ब धेरै पटक सम्झिन्छिन छोराछोरीलाई , जो आफ्नो काखदेखी धेरै टाढा छन । त्यही दिन घरबाट आमाको फोन आउँछ । सोध्नुहुन्छ आमाले, के तरकारी खायौ त आजआमासँग अभावको प्रदर्सन गर्न मन लाग्दैन । जुनदिन माथी उल्लेखित खिचडी पकाएको हुन्छु,आमासँग बडो फुर्ती लगाउदै भन्न बाध्य भइन्छ आमा आज त मासु ल्याएर पकाएका छौँ । चिन्ता नलिनुहोस हजुरहरु ढुक्क हुनुहोस यहाँ खासै समस्या छैन बिहान सबरै उठ्छु क्याम्पस जान्छु । अनि आएर पकाएर खान्छु दिनभरी कोठामै मज्जाले पढेर बस्छु .
सम्झनामा
Wednesday, November 20, 2019
आखाँले बोलायो
फेरी पनि तिम्रा ती आखाँले बोलायो
भुल्नै पर्छ र वाध्यताले बोलायो
परपर भागे पनि तिम्रै सामु पुग्छु झनै
टाढैबाट सुमधुर भाकाले बोलायो
तिम्रा ती यादहरु आशु बनी झर्छन् जहिल्लै
तिमी बिना दुख्ने व्यथाले बोलायो
हिजो, आज पनि तिम्रै यादले टोलाउँछु
टाढैबाट सुमधुर भाकाले बोलायो
Tuesday, November 12, 2019
माया त माया हो
Wednesday, September 25, 2019
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै, ओखलढुंगामा पनि शुरु
ओखलढुंगा । स्वास्थ्य बीमा बोर्डले ओखलढुगां जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । बोर्डले असोज ७ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।
उक्त कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोख्रेल, जिल्लाका आठैवटा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय, ओखलढुंगाका सघिंय सांसद यज्ञराज सुनुवार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोख्रेलले बीमा सम्बन्धि तीनदिनको आधारभुत तालिम पछि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न सबै स्थानीय तहका हरेक वडामा दर्ता सहयोगी जनशक्ति राखिएको बताए ।
सोही कार्यक्रममा सघिंय सांसद यज्ञराज सुनुवारले स्वास्थ्य बीमा गरि जिल्ला मै स्वास्थ्य बीमा गराउने पहिलो ब्यक्ति बनेका छन् । सुनुवार लगायत सिद्धिचरण नगरपालिकाका पमुख मोहन कुमार श्रेष्ठ र उप-प्रमुख ईच्छाकुमारी गुरुङले पनि स्वास्थ्य बीमा गराएका थिए ।
सबै नेपालीलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्यका साथ सरकारले २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रममा हालसम्म ४९ जिल्ला समेटिएका छन् ।
Subscribe to:
Posts (Atom)
चुक्ता पुँजीका आधारमा नेपाल लाइफ र आईजीआई प्रुडेन्सियल बने ठूला कम्पनी
क्लिकमान्डु प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:०९ काठमाडौं । नेपाली बीमा बजारमा नेपाल लाइफ इन्स्यारेन्स र आईजीआई प्रुडेन्सियल इन्स...
-
नोटबजार संवाददाता। काठमाण्डौं। २चैत्र, २०७७, सोमबार जर्मनीमा मुख्य कार्यालय रहेको पुनर्बीमक कम्पनी 'हान ओभर रि' नेपालका धेरै जीव...
-
नयाँ कम्पनी गाउँ पस्दा बीमाको पहुँच बढ्यो, ६ वर्षमा १० प्रतिशतबाट २८ प्रतिशत पुग्यो बिजया बास्कोटा प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार ०७...
-
✍️ नोटबजार संवाददाता। काठमाण्डौं। ३चैत्र, २०७७, मंगलवार प्रस्तावित नयाँ पुनर्बीमा कम्पनी जेन्यून रि इन्स्योरेन्स स्थापनाको अन्तिम चरणमा...





