Tuesday, November 26, 2019

आमासङ्ग बोलिने मीठो झुट ,सहरिया जीवन

माफ गर्नुहोला जीवन होइन, सहरिया बसाइ,
डेराको निवास, घरभेटिको किचकिच ।



निर्जला खड्का .
गोजिमा महङ्गो अभाव । महिना मर्न समय लाग्दैन । महिना पनि मर्छ र नभन्नुहोला । भाडा तिर्ने समयले कति छिटो ढोकामा आएर   ढकढक्याउछ । एकैपटक भाडा तिर्ने समय आउँछ ,समय सिधिन्छ । त्यसै बेला चामलको बोरा रित्तिन्छ।अभावलाई साथ दिन उहीँ बेला, गोजिमा एक मुठा साग किन्ने कौडी सम्म हुदैन ।

बिहान कलेज त दिउँसो प्राइभेट जागिर, साहुको किचकिछ, गरिब बाहुको छोरी म जागिर गरेर ल्याएको २।४ पैसा भाडा तिर्नै ठिक्क हुन्छ।  कठै म जागिरबाट पैसा ल्याउला अनि यता तिरुला उता तिरुला भन्छु तर बिडम्बना समयमा पैसा आउदैन।  यस्तै छ समस्या जागिर गरौं त पढ्न पाउदिन, जागिर नगरौं त कोठाभाडा तिर्ने पैसा हुदैन, प्राइभेट जागिर न त समयमा बिदा हुन्छ न त त्यो जागिरबाट मेरो भविष्य सफल हुन्छ। 

कयौं रात भोकै काटियो। गजबका अनुभुती गर्न पाइयो। गरिबी र अभावको स्वाद मज्जाले चाखियो। वाह, कति मीठो स्वाद तितेकरेली जस्तै । तरकारी किन्ने पैसा नहुदा कैयौं रात खिचडी खाइयो।  त्यस्तो खिचडी जुन चामलमा बेसार, नुन गेडा  दुई वटा गेडा आलु , राखेर कुक्करमा सिट्ठी लगाएर तयार पारिन्छ । सिट्ठीको चिच्याहट सुन्छु, अभाबको रोदन गुन्जिन्छ, अभावले सिट्ठिको माध्यमबाट आफ्नो बेदना पाक्दछ  ।

हो गरिबी र अभावको धनी छु म, जुनदिन घरमा माछामासु पाक्दछ, आमाले आफ्ना सन्तानलाइ सम्झिन्छिन र मलाई पनि।  आमाले एक टुक्रा मासु खानुपुर्ब धेरै पटक सम्झिन्छिन छोराछोरीलाई , जो आफ्नो काखदेखी धेरै टाढा छन । त्यही दिन घरबाट आमाको फोन आउँछ । सोध्नुहुन्छ आमाले, के तरकारी खायौ त आजआमासँग अभावको प्रदर्सन गर्न मन लाग्दैन । जुनदिन माथी उल्लेखित खिचडी पकाएको हुन्छु,आमासँग बडो फुर्ती लगाउदै भन्न बाध्य भइन्छ आमा आज त मासु ल्याएर पकाएका छौँ । चिन्ता नलिनुहोस हजुरहरु ढुक्क हुनुहोस यहाँ खासै समस्या छैन बिहान सबरै उठ्छु क्याम्पस जान्छु । अनि आएर पकाएर खान्छु दिनभरी कोठामै मज्जाले पढेर बस्छु . 

सम्झनामा 

No comments:

Post a Comment

चुक्ता पुँजीका आधारमा नेपाल लाइफ र आईजीआई प्रुडेन्सियल बने ठूला कम्पनी

  क्लिकमान्डु प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:०९ काठमाडौं । नेपाली बीमा बजारमा नेपाल लाइफ इन्स्यारेन्स र आईजीआई प्रुडेन्सियल इन्स...